टाइगर कप: उपाधि दावेदार हेल्प नेपाल र श्रीलंङ्कन आर्मी सेमिफाइनलमा भिड्दै
पाेखरा | माघ ५, २०८०
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएका हेल्प नेपाल स्पार्टस् क्लब र आमन्त्रित श्रीलंकाको आर्मीले पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छन् ।
समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौले समूह ‘बी’को उपविजेता आमन्त्रित श्रीलंकाको आर्मीसँग पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो ।
दोस्रो सेमिफाइनल खेलमा गत संस्करणको विजेता घरेलु टोली गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । गण्डकीको टोलीमा तीन भारतीय खेलाडी रहेका छन् । गण्डकी उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान प्रवेश गर्दा एपिएफ गत संस्करणमा फाइनलमा भोगेको हारको बदला लिँदै उपाधि नजिक पुग्न चाहान्छ ।
यस्तै महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
यस्तै महिलातर्फ भने नेपाल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लब फाइनल प्रवेश गरेको छ । महिला÷पुरुषतर्फको फाइनल खेल शनिबार हुने टाइगर ग्रुप अफ पोखराले जनाएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला/पुरुषतर्फ नै दुई/दुई समूहमा तीन÷तीन टिम रहेका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

